कलंकीमा फेरि भयो अर्को भयानक दुर्घटना, एकजनाको मृत्यु .....

काठमाडौं, २७ वैशाख । काठमाडौँको कलंकीस्थित श्यामा पेट्रोल पम्प अगाडि आज बिहान सवा सात बजे भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । थानकोटबाट कलंकी आउँदै गरेको बा ३१ प ८१२७ नम्बरको मोटरसाइकललाई बा ३ ख ७५८६ नम्बरको ट्रिपरले ठक्करदिँदा मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी रामशाह पथले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं ढुङ्गेअड्डाका १८ वर्षीय मिलन शर्मा रहेका छन् । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार कलंकी खड्कागाउँका २२ वर्षीय अशोक महर्जनको भने सहिद मेमोरीयल अस्पताल कलंकीमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रिपर र चालकलाई महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses