श्रीमतीको नागों तस्वीर श्रीमानलाई पठाएपछि यस्तो भयो .....

काठमाण्डौं । एक महिलाको नग्न तस्बिर खिचेर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् । इटहरी घर भई काठमाडौं बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । चौधरीले एक महिलाको नग्न तस्बिर उनका श्रीमानलाई माबायलमा इमो (निशुल्क फोन तथा एसएमएस पठाउने एप) मार्फत पठाएका थिए । चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अभियोगमा थुनामा राखी कारबाही अघि बढाएको छ। चौधरी पूर्वप्रहरी पूर्व प्रहरी समेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्बिर खिचेका थिए । सोही तस्बिर पछि उनले महिलाका श्रीमानलाई पठाएका थिए । महिलालाई भनेर पठाएकोमा झक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses