युवतीलाई ‘लिफ्ट’ दिँदा येसरी आफैँ लुटिएपछि....

काठमाडौँः युवतीलाई मोटरसाइकलमा ‘लिफ्ट’ दिंदा गोरखा फुजेलका रामप्रसाद तिवारी लुटिएका छन् । राजधानीको रानीवन बस्दै आएका तिवारीले प्रहरीलाई बताए अनुसार सोमबार मोटरसाइकल चढेर ठमेलबाट कोठातर्फ जाने क्रममा म्हेपी पुल नजिकै एउटी अपरिचित युवतीले लिफ्ट मागेकी थिइन् । बीच बाटो पुगेपछि मुखमा कालो मास्क लगाएकी ति युवतीले नशालु पदार्थ सुघाँंएर तिवारीलाई बेहोस बनाएर साथमा रहेको १० हजार नेपाली, ३५ हजार भारु र एक हजार दुई सय ८८ अमेरिकी डलर लुटेर फरार छन् । प्रहरीसँगको बयानमा तिवारीले भने, ‘मलाई लुटेर युवती फरार छे ।’ प्रहरीले लुटपाट गर्ने महिलाको खोजी गरिरहेको महानगरीय प्रहरी परिसर टेँकुले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses