सात फिट गहिरो नालीमा यसरी खसिन् सांसद [भिडियाे]
जामनगरमा भारतीय जनता पार्टीकी सांसद पुनमबेन ७ फिट गहिरो नालीमा एक्कासी खस्न पुगेकी छिन् । पत्रकारहरुसँग कुरा गरिरहेको बेलामा उनी नालीमा खसेकी थिइन् । उनलाई गम्भिर चोट लागेको बताइएको छ । जामनगरमा रहेको एक बस्तीको निरिक्षण गर्न पुगेकी थिइन् । नगरमा भइरहेको अतिक्रमण बारे उनी सरकारी पक्षसँग कुराकानी गर्न गएकी थिइन् । क्यामराले लाइभ कभरेज गरिरहेको अवस्थामा उनी नालीमा खसेकी थिइन् । उनी नालीमा खसेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । उनलाई हस्पिटलमा भर्ना गरिएको छ ।

0 comments
Write Down Your Responses