सलमानको परिवारले लुलीयालाई स्विकार्यो, डिसेम्बरमा बिहे पक्का ...

salman--luliya- -mom airportएजेन्सी । युवतीका मामलामा सारै चुजी मानिन्छन् बलीउडका चर्चित नायक सलमान खान । पछिल्लो समय उनको नाम रोमानियाकी मोडल लुलिया वन्तुरसँग प्रेम चर्चा चलेका बेला उनीहरुको बिहे र प्रेमका बारमा विभिन्न शंका उपशंकाहरु सुरु हुँदै सेलाउँदै गर्न थालेका छन् । यसैबिच लुलीयासँगको सम्बन्धका बारेमा मिडियाले प्रश्न चिन्ह उठाइरहेका बेला लुलीया सलमानकी आमा सलमासँग मुम्बइ एयरपोर्टमा भेटीइन् । जहाँ सलमानकी आमा र लुलीयाले एक अर्काको हात समाइरहेको अवस्थाका तस्विरहरु भारतीय मिडियामा भाइरल बनेका छन् । लुलिया सलमानकी आमाको हात समात्दै उनलाई गाडीतर्फ लैजादै गरेको बताइन्छ । डिसेम्बरमा बिहे गर्ने तयारी भइरहेका बेला यो तस्विरबाट नै सलमानको परिवारले लुलीयालाई स्विकारीसकेको प्रस्ट हुन्छ ।

0 comments

Write Down Your Responses