चिट चोर्ने विद्यार्थीको कपी खोस्दा काठमाडौंमा शिक्षक कुटिए

काठमाडौं, ३१ बैशाख । राजधानीको एक विद्यालयमा विद्यार्थीबाट शिक्षक कुटिएका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार टोखा नगरपालिका–९ स्थित केआइटी कलेजमा इन्जिनियरिङ स्नातक तह प्रथम बर्षको परीक्षा चलिरहेको अवस्थामा शिक्षकलाई अभद्र व्यवहार गर्ने कुमारी कलेज बौद्धका परीक्षार्थीहरु कीर्तिपुर बस्ने २२ वर्षीय दिवस पौडेल र जोरपाटी बस्ने २२ वर्षीय हिमेन्द्र खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । परीक्षा दिने क्रममा चिट चोरी रहेको अवस्थामा कलेजका शिक्षकहरुले फेला पारी कापी माग्दा उनीहरुले शिक्षक ३० वर्षीय भोजराज तिवारी र ३५ वर्षीय धननाथ पोखरेललाई हातपात गरी अभद्र ब्यबहार गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 comments

Write Down Your Responses