महिला यात्रुलाई जबरजस्ती विमानबाट निकालिदा…...

airplaneकाठमाडौं । भारतको उच्च अदालतले एक महिलालाई विमानबाट जबर्जस्ती निकालेको भन्दै विमान कम्पनीलाई १० लाख जरीवाना तिराउन आदेश दिएको छ । सन् २०१२ मा एयरलाइन कम्पनी स्पाइसजेटले जिजी घोस नाम गरेकी महिला यात्रीलाई मस्तिष्कसम्बन्धि विकार (सेरेब्रल पाल्सी) भएको भन्दै विमानबाट निकालेका थिए । विमानमा चढिसकेकी घोसलाई संवेदनहीन तरिकाले निकालेको भन्दै विमान कम्पनीलाई १० लाख जरिवाना तिर्न आदेश दिएको हो । विमानबाट जबरजस्ती निकालिदा उनमा परेको मानसिक र शारीरिक पीडाको क्षतिपूर्ति तिर्न भनिएको हो । विमान कम्पनीले त्यसबेला नै घोसलाई निकालिन गल्ती भएको भन्दै माफी मागिसकेको थियो ।

0 comments

Write Down Your Responses