प्रचण्डले अन्तिममा कांग्रेसलाई धोका दिएपछि दीपकराजले मुख खोले .....

काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रममा टिप्पणी गर्ने कलाकार दीपकराज गिरीले वर्तमान सरकार परिवर्तनबारे पनि आफ्नै तरिकाबाट विश्लेषण गरेका छन् । बुधबार सरकार परिवर्तनबारे टिप्पणी गरेका गिरीले विहीबार प्रचण्ड सरकार परिवर्तन गर्ने निर्णयबाट हटेको प्रसंगमा कमेन्ट गरेका छन् । उनले प्रचण्डले कांग्रेसलाई ओली सरकार तत्कालै छाड्न सक्दिन् भनेर धोका दिएकोबारे विश्लेषण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्– धोकाका धेरै प्रहार हुन्छन् । १) ठाडो धोका, २) घुमाउरो धोका र खुबसूरत धोका । कमरेड प्रचण्डले कांग्रेसलाई दिएको धोका चाँहि खुबसुरत धोका हो । यो खुबसुरत धोकाका प्रयोजक ट्वीटर, फेसबुक र जनदबाब हुन् । यसअघि बुधबार वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादीको निर्णयलगत्तै दीपकराजले कांग्रेसले सरकार फेर्नुभन्दा पनि आफ्नो छबि फेरे हुन्थ्यो पहिला भनेका थिए । उनले लेखेका थिए– लौ आधिकारिक नै आयो कुरो, सरकार परिवर्तन । ओली बा ले राजधानीमा रेल र ट्रेन कुदाको कथा सुन्दा आनन्द आउथ्यो । जावो कथा नि सुन्न नदिने भए यी कांग्रेसीहरुले । कांग्रेसले सरकार फेर्नुभनदा पनि आफ्नो छबि फेरे हुन्थ्यो पहिला । हुनतः सुत्केरी भत्ता र सांसद किनबेचका ठेकेदार नै प्रमुख भा छन् पार्टीमा, राष्ट्रियताविरुद्ध सुशीललाई जबरजस्ती चुनावमा उठाउने आसेपासे त्यही छन् । प्रचण्ड बाबु र ओली बाको पनि लभ र ट्रयाजेडी परेछ । पहिलो पटक प्रधानमन्त्री हुँदा आर्मी चिफले जागिर खाइदिए । अब त कांग्रेसको एक सभासदले नै हल्लाउन सक्ने कमजोर प्रधानमन्त्री किन बन्न लाका हुन् । संविधान कार्यान्वयन एकातिर कुम्लो बोकी सरकारतिर ।’

0 comments

Write Down Your Responses