नेपालविरुद्ध काठमाडौंभित्रै षडयन्त्र गर्ने विदेशीको अर्काे चाल, सीके राउतको साथ ....

काठमाडौं, २३ वैशाख । नेपालविरुद्ध राजधानी काठमाडौंमा बसेर गतिविधि गर्दा दुई दिनभित्र देश छोड्न भनिएका क्यानेडेली नागरिक रोवर्ट पेनरले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । नेपालको संविधान र कानुन, सुरक्षा निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध विश्वभरि भ्रामक समाचार सम्प्रेषण गर्न ठूलो भूमिका खेलेका पेनरलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो भने अध्यागमन विभागले भिसा रद्द गरी दुई दिन नेपाल छाड्न आदेश दिएको थियो । नेपाल छाड्न आदेश दिएको दुई वित्नै लाग्दा विहीबार उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउ भन्दै पेनरले सर्वाेच्चमा रिट दायर गरेका हुन् । वर्किङ भिसामा नेपाल आएका पेनरले अध्यागमन विभाग, महानगरीय प्रहरी परिसर, जावलाखेल कालिकास्थान, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय, सिहंदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । सर्वाेच्चबाट उन्मुक्ति पाएर नेपालविरुद्ध अझै सशक्त गतिविधि गर्ने चाल स्वरुप उनले सरकारी निर्णयविरुद्ध रिट दायर गरेको सरोकारवालको टिप्पणी छ । यस्तो काठमाडौंमा बसीबसी नेपालविरुद्ध गरेको षडयन्त्रः विशेष गरेर नेपालको आन्तरिक सुरक्षामा दख्ल दिने गरेर सामाजिक सञ्जालहरूमा जथाभावी लेख्ने, संविधानविरुद्ध उत्तेजित भावना फैलाउने र तराईलाई नेपालबाट टुक्राउनुपर्छ भनेर वकालत गर्ने काम क्यानेडेली नागरिक रोवर्ट पेनरले गरेका थिए । बारम्बरा नेपालमाथि नै प्रश्न उठाउन थालेपछि उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताविरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न पत्रपत्रिकामार्फत खलल पेनरले पुगाएका थिए । कामदारको भिसामा नेपाल आएका रोवर्ट पेनरको भीषा खारेज भइसकेको छ । रोवर्टले आफ्नो ट्वीटर एकाउन्टमार्फत नेपालको नागरिकताका विषयमा गम्भीर विषय उठाएका छन् । उनले भनेका छन, ‘नेपालको संविधानले महिलालाई नागरिकता विहीन बनाएको छ ।’ रोवर्ट पेनरले नेपाली र नेपालविरुद्ध यसरी प्रचार गरेको थाहा पाएपछि प्रहरीले अध्यागमन विभागको अनुरोधमा नियन्त्रणमा लिएर कारबाही सुरू गरेको थियो । रोवर्ट पेनरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध गालीगलौज गर्दै साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरिएकोमा पनि आक्रोश व्यक्ति गर्दै ट्वीट गरेका छन् । उनले नेपालको संवैधानिक निकायविरुद्ध यसरी जथाभावी लेख्नु स्वाभीमानी नेपालीका लागि सैह्य हुँदैन । तराईलाई नेपालबाट अलग बनाउनु पर्छ भनेर अभियान चलाइरहेका डा. सीके राउतको अभियानलाई पनि क्यानेडेली नागरिक रोवर्ट पेनरले समर्थन गर्दै आएका छन् । स्रोतका अनुसार उनले सीके राउतसँग पटकपटक भेट्ने र तराई टुक्राउने अभियानमा आफ्नो समर्थन रहेको बताउने गरेका थिए । क्यानेडेली नागरिक रोवर्ट पेनरले सर्वोच्चमा दायर गरेको रिटः

0 comments

Write Down Your Responses