ओली सरकार ढाल्ने निर्णयबाट किन पछि हटे प्रचण्ड ? यी हुन् मुख्य चार कारण .....

काठमाडौं, २३ वैशाख । एमाले नेतृत्वको वर्तमान सरकार ढालेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयबाट एमाओवादी पछि हटेको छ । एमाओवादीका एक नेताका अनुसार सरकार परिवर्तनमा संवैधानिक कानुनी जटिलता देखेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको सरकार फेर्ने निर्णयबाट पछि हटेका हुन् । यही जटिलताका कारण प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तत्काल ओली नेतृत्वको सरकार छाड्न नसकिने बताउँदै अली हतार भएको बताएका थिए । देउवासँगको छलफलबाटै प्रचण्ड सरकार ढाल्ने निर्णयबाट औपचारिक रुपमै पछि हटे । यस्ता छन् प्रचण्ड पछि हट्नुका मुख्य चार कारणः १) एमाओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सरकार नछोड्न प्रचण्डलाई दबाब दिनु । २) अविश्वासको प्रस्तावमा पनि नियमावलीका कारण झमेला हुने देखिनु । ३) सहमतिको सरकार बनाउने भनेर सरकार परिवर्तन लागेपनि एमालेले नीति तथा कार्यक्रम र बजेट पास नभएसम्म सरकार नछाड्ने, एमाओवादीको नयाँ सरकारलाई साथ पनि नदिने अडान । ४) जेठ १५ पछि एमालेले आफै प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने प्रस्ताव ।

0 comments

Write Down Your Responses