प्रधानमन्त्री ओली विकल्पको लागि सरकार छोड्न तयार ....

बुधबार, २२ वैशाख काठमाडौ । गठबन्धामा असमझदारी बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएर डिनर मिटिङ गरेका हुन । मंगलबार राती १० बजे सम्म बसेको बैठकमा माधब नेपाल, झलनाथ खनाल, ईश्वर पोख्रेल , भिम रावल लगायतका नेताहरु थिए भने एमाओवादी तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, कषर्नमान पुन, हरिबोल गजुरेल लगायता नेताहरुको उपस्थित थिए । माल्पुवा देखि माछा, कुखुरा र खसीको मासु लगायतका परिकार सहितको छलफल भने त्यती मिठो नरहेको स्रोतको भनाइ रहेको छ । बैठक सुरु गर्दै ओलीले भने, ‘विकल्पका लागि म तयार छु’ हामीले अत्यन्तै अप्ठ्यारो अवस्थामा समझदारी र्गयौा जसले देशलाई नयाा संविधान र नयाा सरकार दियो । एउटै गठबन्धनमा बस्दा केही राम्रा काम पनि भएका छन, केही अप्रिय पनि भए होलान् । अप्रिय अनुभवलाई पाठ मानेर अगाडि बढ्न सकिन्छ । 

होइन, नयाा विकल्पमै जाने हो भने पनि म त्यसका लागि तयार छु, सकारात्मक रूपमा छलफल गरौ । प्रचण्डले भने, ‘गठबन्धन ठीक थियो, तर अब थप उदार बनौ’दलहरूबीचको असमझदारीले संविधान नै नबन्ने हो कि भन्ने स्थिति थियो, तर भूकम्पले राष्ट्रिय संकट आएको अवस्थामा हामीले समझदारी गरेका हौ । त्यो समझदारीले प्रतिकूलताबीच पनि संविधान बन्यो र व्यवधानबीच पनि सरकार बन्यो । संविधान बनाउन र सरकार बनाउन भएको सहकार्य ठीक थियो । तर, अब संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, जो स्वाभाविक गतिमा अघि बढ्न सकेको छैन । त्यस्तै, संविधान कार्यान्वयन गर्ने र शान्तिप्रक्रिया टुंग्याउने विषयमा हाम्रो गठबन्धन पर्याप्त भएन । त्यसमा सरकारबाहिर रहेको कांग्रेस र संविधानबाहिर रहेको मधेसी मोर्चालाई पनि समेट्नु आवश्यक छ । हामी संगै अघि बढौ त्यसका लागि तयार बनौ । माधव नेपालले भने, ‘प्रतिकूलता छन तर गठबन्धन बचाउनुपर्छ’ देश अप्ठ्यारो अवस्थामा रहेको वेलामा बनेको सरकारले आफूलाई होइन, जनतालाई सुविधा दिनुपर्ने हो । यसमा सरकार असफल भएकै हो । भूकम्पले क्षतविक्षत बनाएका संरचनाका पुनर्निर्माण र पीडितलाई पुनर्वास गराउने विषयमा सरकारी संयन्त्रले गरेको काम सन्तोषजनक छैन । त्यस्तै, सुशासनको अनुभव गर्न पनि जनताले पाएका छैनन् । यसमा सरकारले आफ्ना कमजोरी महसुस गर्नुपर्छ र सुधार गर्दै जानुपर्छ । तर, अहिले गठबन्धनको विकल्प खोज्ने वेला भएको छैन, गठबन्धन बचाउनुपर्छ। ओलीले भने, ‘निष्कर्ष तपाईंले दिइसक्नुभयो, अब खाना खाऔ’ निष्कर्ष तपाईंले नै दिइसक्नुभयो, अब खाना खाऔ, बाँकी कुरा भोलि शीर्ष तहमा बसेर कुरा गरौला । आजको नयाँ पत्रिकामा समाचार छ । nepalsandesh

0 comments

Write Down Your Responses