काठमाडौं, २२ बैशाख । नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ पर्दाका हिट जोडी मात्रै होईनन् रियल जीवनका एकदर्म मिल्ने साथी पनि हुन् । यो जोडीमा अहिले रिसाउने र फकाउने क्रम चलेको छ । रिसाएकी नम्रतालाई फकाउन आर्यनले आफू नम्रताबिना एकै पल पनि बाँच्न नसक्ने बताउँदै छन् । उनीहरुको यो रिसाउने र फकाउने क्रम चलचित्र होमवर्कको एउटा गीतमा देखिएको हो ।
चलचित्रको ‘के साच्चै तिमी’बोलको सार्वजनिक गीतमा आर्यन र नम्रताको रिसाउने र फकाउने क्रम देखिएको हो । डा. कृष्णहरि बरालको शब्द तथा तारा प्रकाश लिम्बुर प्रनिशा अधिकारीको स्वर रहेको गीतमा यि दुुईको प्रेम देखाईएको हो । निरक पौडेल लामो समयको अन्तरालपछि निर्देशन गरेको ‘होमवर्क’मा आर्यन दोहोरो भूमिकामा देखिदै छन् । फिल्ममा आर्यनसँगै गौरी मल्ल र नम्रता श्रेष्ठको अभिनय रहेको छ । फिल्म जेठ ७ गते रिलिज हुँदैछ ।
नायिका नम्रता श्रेष्ठ बिना बाँच्नै नसक्ने आर्यन सिग्देल (भिडियो सहित)

0 comments
Write Down Your Responses