प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ बढायो

काठमाडौं, २२ वैशाख - नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङको समय बढाएको छ। प्राधिकरणले यसअघि दैनिक भइरहेको समयमा थप एकरदुई घण्टा अघोषित रुपमा लोडसेडिङ बढेको हो। सोमबारदेखि लोडसेडिङ बढेपनि प्राधिकरणले नयाँ तालिका सार्वजनिक गरेको छैन। अघोषित रुपमा लोडसेडिङ बढ्दा उपभोक्तालाई सास्ती भएको छ। सुख्खा र खडेरीले नदीमा पानीको सतह घटेको र तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दा विद्युतको उत्पादन र वितरणमा भार परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले तराईका जिल्लालाई लक्षित गरी विद्युत वितरण त्यसतर्फ बढाइएको छ। हिउँ पग्लन सुरु भएको भन्दै यही महिनादेखि लोडसेडिङ घटाउने तयारी गरे पनि खडेरीले थप समस्या भएको प्राधिकारणको भनाई छ।

0 comments

Write Down Your Responses