यसकारण ओली सरकार ढाल्न रातारात कस्सिए प्रचण्ड ....
काठमाडौं । नेपालमा आज सम्म पनि प्रधामन्त्री केपी ओली लाई एकथरी नक्कली राष्ट्रवादको नायक भन्छन् भनेर आलोचना गर्छन् अर्काथरीले राष्ट्रियताको मामलामा कसैसंग सम्झौता नगर्ने हठी प्रधानमन्त्रीको रुपमा लिने गर्छन् ।
भारतीय पक्षको दवावलाई खारेज गरेर संविधानको घोषणा गरेका दलहरु आज सम्म पनि एकताबद्द भएर सरकार संचालन गर्दै संविधानको सफल कार्यन्वयन र भूकम्प पछिको पुननिर्माणमा खटिनु पर्थ्यो ।
तर दलका नेताहरु संसदीय फोहोरी खेलमा व्यस्त हुन थालेका छन् ।हिजो सम्म मात्र अग्रपंक्तिमा उभिएर सरकारको बचाउ गरिरहेको एमाओवादी र त्यसका अध्यक्ष प्रचण्ड रातारात ओली नेतृत्वको सरकार ढाल्ने खेलको नेतृत्वमा पुग्दा आम नेपालीहरु चकित बनेका छन् ।
प्रचण्डको यो घोषणा संगै ओली नेतृत्वको सरकार लगभग ढल्ने निश्चित जस्तै भएको छ ।
जवकी प्रचण्ड हिजो बेलुका सम्म पनि सरकारको समर्थनमा बोलिरहेका थिए । प्रचण्ड प्रधानमन्त्रीभन्दा अगाडि सरेर सरकारको बचाउ गर्दै थिए ।तर प्रचण्डले आज एका विहानै आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने कुरा गर्दा उनलाई उनले पहिले भनेजस्तै रिमोट कन्ट्रोल र आकाशवाणी बाट सूचना या धम्कि आएको हुन सक्ने स्रोतले जनाएको छ ।
एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट र नीति तथा कार्यक्रम ल्याउन लागेपछि आत्तिएका केही दल सरकार परिवर्तन गराउन देशी वेदशी शक्ति लागेको एमालेका नेताहरुको आरोप छ ।
भूकम्पपछिको पुनर्निर्माणमा भर्खरै सरकारले नयाँ योजना सहित प्रस्तुत भएको बेला षडयन्त्रपूर्वक दुर्घटना गराउन खोजिएको एमाले नेताहरुको कडा टिप्पणी छ ।
त्यो आरोपमा केहि हदसम्म सत्यता देखिन्छ किनकी सत्ताधारी एमाले र एमाओवादीबीच कुनै ठोस असमझदारीको सामान्य समाचार पनि छापामा सुनिएको छैन ।
हिजो मात्र प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो बारेमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई कांग्रेसबाट मलाई प्रस्ताव आएको छ भन्ने सामान्य जानकारी मात्र दिएका थिए ।
ओली सरकार विरुद्द षडयन्त्र सुरु भएको अब लगभग निश्चित त भैसकेको छ ।त्यस विरुद्द ओलीको भने कडा प्रतिक्रिया दिएका छन् ।
ओलीले यो सरकार मलाई कसैले गौदान गरेर दिएको होईन र म जस्तो सुकै परिस्थितिको सामना गर्न तयार भनेका छन् ।
जवकी अहिले कानुनि प्रावधानले पनि ओलीलाई फाईदानै हुने पनि देखिन्छ ।
जवकी सरकारविरुद्धको अविश्वास प्रस्ताव गर्दा पनि पुरानो नियामावली बाट गर्न नमिल्ने र नयाँ बाट गर्नपर्दा त्यो बनिनसकेको अवस्था छ।
त्यसरी हेर्दा पनि ओली नेतृत्वको सरकार तत्काल ढलेर नयाँ सरकार बन्न कानुनि केहि अवरोध हुने कानुनविदहरुले पनि जनाएका छन् ।


0 comments
Write Down Your Responses