बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग राखे कडा शर्त, जवाफ दिन नसकेपछि…!
काठमाडौं, २२ वैशाख । सत्तारुढ दल नेकपा एमाले र सत्ता साझेदार दल एमाओवादी बुधबार राति वार्ता भएको छ ।
राति ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एमालेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता हस्तान्तरणका लागि एउटा शर्त राखेको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्न दिएपछि तपाईलाई म आफै प्रधानमन्त्रीमा सिफारिस गर्छु भन्दै शर्त राखेका हुन् ।
ओलीले जेठ १५ सम्म आफ्नो नेतृत्वको सरकार टिक्नुपर्ने अडान प्रचण्डसँग राखेका हुन् ।
ओलीको यो शर्तपछि एमाओवादी नाजवाफ भएको छ । उसले यस विषयमा थप छलफल गरिनुपर्ने मात्रै बताएको छ । बरु एमालेलाई आफ्नो नेतृत्वमा निर्माण हुन लागेको सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गरे ।
ओलीले राखेको शर्तबारे भोली पहिला एमाओवादीले आफ्नो पार्टी र पछि एमालेसँग छुट्टै वार्ता गर्ने तय भएको छ । दुई पार्टीबीच विहीबार विहान पुनः बैठक बस्नेछ ।
बुधबार विहान एमाओवादीको स्थायी समिति बैठकले वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि प्रधानमन्त्री ओली दलहरुसँग परामर्शमा व्यस्त छन् ।


0 comments
Write Down Your Responses