प्रचण्डलाई एमालेको काउन्टर प्रस्ताव : तपाईं यही गठबन्धनको प्रधानमन्त्री बन्नुस्..के के कुरा भयो बैठकमा ...!!!
’
ओलीले प्रचण्ड नै उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष भएका नाताले संयन्त्रको बैठक बोलाएर गठबन्धन पार्टीबीचका विषयहरू छलफल गर्नुपर्नेमा त्यसोे नगरेको भन्दै गुनासो पोखे। उनले भने, ‘संयन्त्रको बैठक बोलाउनुस्, त्यो बैठकले जे निर्णय गर्छ त्यो म मान्न तयार छु।’
एमाओवादी नेताहरूले भने कांग्रेसको समर्थनमा आफूले सरकारको नेतृत्व गर्ने सहमति बनेकाले एमालेले पनि आफूलाई समर्थन गरेर राष्ट्रिय सरकारमा आउन अनुरोध गरेको एक नेताले बताए।
‘उहाँहरूले कांग्रेसलाई सरकारमा नल्याई अहिलेको समस्या समाधान हुँदैन भन्ने तर्क गर्नुभयो,’ एक नेताले भने। तर बैठकमा उपस्थित एमाअोवादीका एक नेताले भने त्यस्तो प्रष्ट प्रस्ताव नअाएको बताए।
बालुवाटारमा भएको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापालगात अन्य सत्तारुढ दलका नेताहरूको पनि उपस्थिति थियो। तर एमाओवादीले एमालेसँग मात्रै छलफल गर्ने बताएपछि एमाले र एमाओवादी नेताहरूबीच बैठक बस्यो।
एमाओवादीका तर्फबाट बैठकमा अध्यक्ष दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी उपस्थित थिए। एमालेका तर्फबाट प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम र अर्थमन्त्री विष्णु पौडेल उपस्थित थिए। नेपाल बैठकको बीचमा उठेर निवास गएका थिए। प्रधानमन्त्रीले बिहीबार विहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

0 comments
Write Down Your Responses