एमाओवादीले साथ छाड्दैमा ओली सरकार नढल्ने, संविधानले यसरी रोक्यो...पुरा पड्नुहोस !!

काठमाडौं, २२ वैशाख । नेकपा एमाले नेतृत्वको वर्तमान सरकार ढालेर एमाओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि अबको विकल्पबारे खोजी सुरु भएको छ । यसक्रममा केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने एउटा संवैधानिक व्यवस्था भेटिएको छ । यो व्यवस्थाअनुसार प्रमुख सत्ता साझेदार दल एमाओवादीले समर्थन फिर्ता लिएपनि सरकार ढल्न सक्दैन् । संविधानको धारा ७ को उपधारा (५) अनुसार बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्न सक्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्थालाई प्रयोग गर्न एमाले अहिले छलफलमा जुटेको छ ।

 आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् । उक्त भेटमा यो संवैधानिक व्यवस्थाबारे पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाले कुनै हालतमा एमाओवादीलाई सरकारको नेतृत्व नदिने र यही संवैधानिक व्यवस्था प्रयोग गरेर अगाडि बढ्ने निष्कर्षमा पुगिसकेको छ । बुधबार (आज) विहान लाजिम्पाटमा बसेको एमाओवादीको स्थायी समिति बैठकले वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो । 

0 comments

Write Down Your Responses