रुद्राक्षको धारणले कस्तो फाइदा मिल्छ थाहा पाइराखौ (तस्बिर सहित)
जसले नियममा ध्यान राख्दै श्रद्धापूर्वक रुद्राक्षको धारण गर्दछन् उसको सबै कष्ट हराउँदै जान्छ र मनोकामना पुरा हुन्छ। जुन घरमा रुद्राक्षको पुजा हुन्छ, त्यस ठाँउमा लक्ष्मीले बास गर्दछीन्। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ। यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।
दुर्इमुखी रुद्राक्षको अर्धनारीश्वर रूप मानिएको छ।शिव र पार्वतीको स्वरूप रहेको छ। यसको धारण गरेमा मान-सम्मान एंव मोक्षका प्राप्ति हुन्छ। अधिकाश रोगहरुको निवारण समेत हुन्छ।
तीनमुखी रुद्राक्ष ब्रह्मा-विष्णु-महेशको स्वरूप मानिएको छ। विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।
चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप मानिएको छ।
धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति हेतुले यसको धारण गरिन्छ।
पाँचमुखी रुद्राक्ष राम्रो स्वास्थ्य, दुख-सासथि निवारण गर्न यसको धारण गरिन्छ।
छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। समस्त पाप मुक्तिको लागि यसको धारण गरेमा श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदिमा नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।यो आत्मशक्ति बढाउन अद्भुत रहेको हुन्छ।
सातमुखी रुद्राक्षले ऐश्वर्य बढाउँन मद्दत गर्दछ भन्ने गरिन्छ र मृत्युको कष्टबाट पनि छुटकारा मिल्छ सात मुखी रुद्राक्ष धारण गरेमा।
आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामना लागी यसको धारण गर्नु श्रेयस्कर भएको बताइन्छ।
नौमुखी रुद्राक्ष भैरव एंव भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ।
यसले मनोकामना पूर्ति गर्ने रुद्राक्ष समेत रहेको छ। यसको धारण गरेमा व्यक्तिको वीरता, सहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।
दसमुखी रुद्राक्ष भगवान विष्णु स्वरूप भनिएको छ।भनिन्छ सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गरिन्छ।
एघारमुखी रुद्राक्ष साक्षात रुद्र भनिन्छ।यसको रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथ रहेको हुन्छ।
बाह्ररमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिएको छ।रोग र लाभदायक रहेको छ।
तेह्ररमुखि रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिएको छ। यो धन-सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने रुद्राक्ष हो।
चौदमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छ। यो सबै पापको नाश एंव दुखबाट मुक्ति दिने आरोग्यदायक रुद्राक्ष हो।

0 comments
Write Down Your Responses