सलमानको विहे हुने निश्चित, आमाले खोजिन बुहारी (भिडियोसहित)

मुम्बई । ५० वर्ष कटेरपनि विहे नगरेका बलिउड अभिनेता सलमान खानले यसैवर्ष विहे गर्ने निश्चित भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सलमानका लागि उनकी आमाले दुलही खोजिसकेका छन् । यसै वर्षभित्र विहे गरेर बुहारी भित्र्याउने बताएकी छिन् । सलमानकी आमाले मनपराएकी बुहारी हुन् सलमानकै गर्लफ्रेण्ड इयूलिया वन्तुर हुन् । जो रोमानियाकी टिभी स्टार तथा सुन्दरी हुन् । उनी अहिले सलमानकै परिवारसँग बस्दै आएको बताइएको छ । सँगै बस्दै आएकी इयूलियालाई सलमानकी आमाले बुहारी हुन लायक मानेपछि अब सलमानले मानसिक रुपमा उनैसँग विहे गर्ने योजना बनाएका हुन् । विहे सन् २०१६ भित्रै भइसक्ने उल्लेख छ ।

0 comments

Write Down Your Responses