रणबिरले घर न घाटको बनाएर छोडेकी क्याटरिनाले भेटीन् नयाँ घर ...!!
एजेन्सी । बलीउड सुन्दरी क्याटरिना कैफ पछिल्लो समय विभिन्न विषयका कारण चर्चामा छिन् । जसमध्ये उनी पछिल्लो समय चर्चामा रहनुको कारण उनले आफुलाई मन परेको घर भेट्नु हो । पहिले सलमान खान र पछि रणबिर कपुरसँग प्रेम रोमान्समा लिप्त यि नायिका पछिल्लो पटक रणबिरसँगको ब्रकअप पछि निक्कै तनाबमा थिइन् ।
जसमध्येको एउटा तनाव थियो लामो समय घर खोज्दा पनि नभेटीनु । जहाँ क्याटरिनाले रणबिरलाई भुल्ने प्रयास गर्नेछिन् । यसअघि रणबिरसँग कार्टर रोड स्थित लिभ इन रिलेसनमा बस्दै आएकी यि नायिका छिट्टै नै बसाई सर्ने क्रममा रहेको भारतिय मिडियाले जनाएको छ ।
केही समय अघि सम्म पनि रणबिरकैप्रतिक्षामा सोही घरमा बसेकी क्याटरिना ब्रेकअप भएको ४ महिना बितिसक्दा पनि रणबिर नर्फकेपछि पुरानो घर छोड्ने निष्कर्षमा पुगेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

0 comments
Write Down Your Responses