National
»
पार्टीभित्रैबाट यसरी घेराबन्दीमा परे केपी ओली ...!!
पार्टीभित्रैबाट यसरी घेराबन्दीमा परे केपी ओली ...!!

काठमाडौ । झलनाथ खनाल एमालेमा दोस्रो मर्यादाका वरिष्ठ नेता हुन् ।
नवौ महाधिवेशनमा आफूनिकटका कार्यकर्ताहरु माधव नेपाल समर्थक बने पनि उनले आफूलाई स्वतन्त्र रुपमा प्रस्तत् गर्दै आएका थिए ।
नेपालले अपेक्षा गरे पनि महाधिवेशनमा खनाल खुलेनन । बरु नेपाल ५५ मतले पराजित भए ।
स्रोतका अनुसार ओलीले आफू अध्यक्षमा निर्वाचित भएपछि खनाललाई राष्ट्रपतिमा प्रस्ताव गर्ने वचन दिएका थिए ।
तर ११ कात्तिकमा बसेको स्थायी समिति बैठकमा ओलीले अकस्मात तत्कालीन उपाध्यक्ष विद्या भण्डारीलाइ राष्ट्रपतिमा प्रस्ताव गरेर खनालाई झट्का दिए ।
पार्टीभित्र जिम्मेवारी तोक्ने विषयमा समेत ओलीले खनालसँग गहिरिएर छलफल समेत नगरेपछि खनाल अहिले खुलेरै नेपाल समूहमा लागेका छन् ।
गौतमको दूरी पनि बढ्दै
ओलीलाइ अध्यक्ष र संसदीय दलको नेता चयनमा सघाएका उपाध्यक्ष वामदेव गौतम उनीसँग चिढिदै गएका छन् ।
आफूलाई कार्यबाहक अध्यक्ष या दलको नेता बनाउने ओलीले वचन दिए पनि पूरा नभएकोमा गौतमले यसअघि नै सार्वजनिक असन्तुष्टि जनाइसकेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses