लिफ्ट दिने भन्दै नेपाली युवतीमाथि सामूहिक बलात्कार ..!!
काठमाडौं । एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् ।
आइतबार राति बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीय युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ ।
सोमबार बिहान करिब ३ बजे एक तलाउ किनारामा भेटिएकी युवतीलाई स्थानीयले उपचारार्थ विद्यानगर अस्पताल पुर्याएका थिए ।
प्रहरी समक्ष नेपाली युवतीले नाम थर ठेगाना खुलाउन चाहेकी छैनन् ।
उनी विगत ३ वर्ष देखि कलकत्तामा बस्दै आएको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


0 comments
Write Down Your Responses