National
»
ओलीले सत्ता नछाड्ने भएपछि यसरी बन्ने भए प्रचण्ड मुर्ख ..!!
ओलीले सत्ता नछाड्ने भएपछि यसरी बन्ने भए प्रचण्ड मुर्ख ..!!

१९ जेठ, काठमाडौं ।
‘केपी ओलीलाई चिन्या छैन तपाईहरुले, हेर्दै जानुहोला स्थानीय चुनावसम्म म चलाउँछु, त्यसपछि संसदीय चुनाव तपाई गर्नुहोला भनेर ज्यान गए सत्ता छाड्दैनन् र स्थानीय चुनाव मंसिरमा हुँदा पनि हुन्न । संवैधानिक व्यवस्था अनुरुप बालानन्द पौडेल नेर्तत्वको स्थानीय निकाय पुनर्सरचना आयोगले चैतमा रिपोर्ट दिनासाथ सारा तल्ला निकाय भंग भई नयाँ निर्वाचन गराउनुपर्ने हुँदा ३ महिनाको निम्ति अरबौँ खर्चेर, धपेडी मच्चाएर चुनाव गराउँछु भन्न जनतालाई मुर्ख बनाउनु मात्र हो’यसो भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई एमालेका केही नेताले उराल्ने गरेको बताइन्छ । संविधानको धारा ३०३ मा गाविस, जिविसको चुनाव गराइने संक्रमणकालीन अनिवार्य प्रावधान राखिए बमोजिम सुशील कोइराला र ओली दुवैले सार्वजनिक प्रतिबिद्धता व्यक्त गरेका हुन् ।
सोही अनुसार मंसिरमा चुनाव गर्ने भनेर बजेटसमेत छुट्याइसकिएको छ । तर चुनावको निम्ति सिमाना निर्धारण भइसकेको छैन । ०७४ माघ ७ गतेपछि न संसद रहन्छ न मन्त्री र प्रधानमन्त्री नै रहन्छन् ।
त्यतिबेलाको रिक्ततामा के अर्को खिलराज रेग्मी जन्माउने ? कांग्रेसले सिमांकनको रिपोर्ट नआई चुनाव हुनै सक्दैन भन् थालेको छ ।
अहिलेको पपुलिष्ट बजेटपछि ऊ झनै आत्तिनु स्वभाविक पनि हो । अब स्थानीय चुनाव मंसिरमै होला भनेर पत्याउने कसरी ? अनि प्रचण्ड मुर्ख नबन्लान् भन्ने आधार के ? अहिलेसम्म हामीसँग संघीयतासम्बन्धी सुरपष्ट व्यवस्था गर्ने विज्ञ नै छैनन् ? जनआस्था साप्ताहिकमा खबर छ ।
nepaliheadlines
0 comments
Write Down Your Responses