टेलियासोनेराको रहस्यमय विमान काठमाडौंमा ?
एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिक्टा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे अन्नपूर्णलाई जानकारी प्राप्त भएको खबर शनिबारको पत्रिकामा छापिएको छ।प्राप्त जानकारी अनुसार माघ ८ गते शुक्रबार अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जेईएफ ३३) अवतरण गर्यो। त्यसमा सवार थिए टेलियासोनेराका बरिष्ठ अधिकारी र एनसेल ग्रुपका कार्यकारी प्रमुखजोहन डेनलिन्ड। त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी अधिकारी स्रोतले बतायो।विमान फिनल्याण्डबाट भाडामा ल्याइएको थियो र बाकु अजरबैजानमा रिफ्युल गरिएको थियो।
उक्त टोलीले राजनीतिक तथा प्रसाशनीक तहमा भेटघाट गरेको थियो।


0 comments
Write Down Your Responses