सभापति देउवालाई पार्टीभित्रै ठूलो असहयोग ...

काठमाडौं, १ जेठ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिवर्तनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको उनीहरूको दाबी छ ।

0 comments

Write Down Your Responses