एनसेलको ठूलो ‘काण्ड’ बाहिर आयो, नेपाली जनता डुबाउने येस्तो खेल ...!!

काठमाडौं, १ जेठ । एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिक्टा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् । प्राप्त जानकारी अनुसार माघ ८ गते शुक्रबार अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जेईएफ ३३) अवतरण गर्‍यो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । त्यसमा सवार थिए टेलियासोनेराका बरिष्ठ अधिकारी र एनसेल ग्रुपका कार्यकारी प्रमुखजोहन डेनलिन्ड । त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी अधिकारी स्रोतले बतायो । विमान फिनल्याण्डबाट भाडामा ल्याइएको थियो र बाकु अजरबैजानमा रिफ्युल गरिएको थियो । उक्त टोलीले राजनीतिक तथा प्रसाशनीक तहमा भेटघाट गरेको थियो ।

0 comments

Write Down Your Responses