अमृत हो तीते करेला, खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु

एजेन्सी । गर्मी बढेसँगै करेलाको सीजन सुरु हुन्छ । औषधिको रुपमा हेरिने करेला मानव शरीरका निकै फाइदाजनक छ । मानिसहरु गर्मीयाममा करेलाको तरकारी बढी खाने गर्दछन् । करेलाले घामबाट पनि बचाउने बताइन्छ । थाहा पाउनुस् करेलाका फाइदाहरुः
 – खानामा रुचि बढाउँछ ।
 – छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । 
– खाएको कुरा राम्ररी पचाउँछ । 
– पेटसफा राख्दछ । 
– कब्जियत हुन दिँदैन । 
– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ । 
– रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । 
– मधुमेह रोगीलाई – इन्सुलिनको काम गर्छ । 
– यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, -हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । 
– तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । – औषधिको रूपमा तीते करेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ । 
– तीते करेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । 
– साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।
 – मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । – तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । 
– आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
 – तीते करेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । 
– बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
 – तीते करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
 – तीते करेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग -स्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । अन्य उपयोगिता: तीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

0 comments

Write Down Your Responses