अवैधरुपमा बैंकक लौजान लागेको गणेशको मुर्तीसहित छिरिङ पक्राउ

काठमाडौं, १६ बैशाख । थाई एअरको उडानद्वारा बैंकक लैजान लागेको सिक्का जस्तो देखिने सानो ठूलो बस्तु ६५ थान, धातुका विभिन्न लकेटहरु ७ थान, फलामको छाप भएको टुक्रा २५ थान, गणेशको मूर्ति १ थान र सानो मूर्तिको टुक्रा १ थान मुस्ताङका छिरिङ गोम्बे गुरुङको साथबाट बरामद गरेको छ । काठमाडौं–१५ स्वयम्भू बस्ने मुस्ताङका गोम्बो गुरुङलाई अवैधरुपमा लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरबाट प्रहरीले पक्राउ गरेको हो ।बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ क्षेत्रमा प्रहरीले चेकजाँच गर्नेक्रममा उनको झोलाबाट सो सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses