अक्षय कुमारको लभ लेडि सोनाक्षी सिन्हा बन्दै,‘नमस्ते ईङ्गल्याण्ड’मा कट्रिना कैफले काम नगर्ने

अक्षय कुमारको सुपरहिट फिल्म नमस्ते लण्डन पछि सिक्वेल फिल्म ‘नमस्ते ईङ्गल्याण्ड’को निकै चर्चा भईरहेको छ । भर्खरै समाचारमा आए अनुसार उक्त सिक्वेल फिल्ममा अक्षय कुमारको जोडिको रुपमा कट्रिना कैफ नभएर अन्य नायिकाको नजर आउने भएको छ ।पहिले यस फिल्मको लागी अन्दाज गरीएको थियोकी अक्षय र कट्रिनाको जोडि फेरी एक पटक ठुलो पर्दामा आउँछ भनेर । तर समाचारमा उल्लेख भए अनुसार फिल्ममा कट्रिना कैफ नभएर सोनाक्षि सिन्हाले उक्त फिल्ममा अभिनय गर्ने भएकी छिन् । फिल्मका निर्माताले ‘नमस्ते ईङ्गल्याण्ड’फिल्ममा अक्षयको लभ लेडिको रुपमा सोनाक्षी सिन्हाले साईन् गरेकी छिन् ।सोनाक्षी सिन्हाले पहिले नै अक्षय कुमारको फिल्म होलीडे र राउडी राथौडमा काम गरीसकेकी छिन् । फिल्मलाई बिपुल शाहले निर्देशन गर्नेछन् । फिल्मको सुटिङ लण्डन र पंजावमा हुने भएको छ ।

0 comments

Write Down Your Responses