बिवाहपछि दुलाहाको घरभन्दा पहिला परिक्षा दिन गइन् यि दुलही ...
एजेन्सी, बैशाख १९ । भारतको राजस्थानमा एक युवती दुलहीको पहिरनमा परिक्षा दिन पुगेपछि सबै आश्चर्यमा परे । उनी दुलहीकै भेषमा परिक्षामा सामेल भइन् । उनका दुलाहा परिक्षा केन्द्र बाहिर कुरे ।
परिक्षा सकिएपछि उनी दुलाहासँगै पहिलो पटक घर गइन् । गत अप्रिल २८ मा सुनिताको विवाह थियो । राती अबेरसम्ममा विवाहको कार्यक्रम सकियो । अर्कोदिन विहान उनको परिक्षा थियो । उनले आफ्नो दुलाहासँग यसबारेमा बताएपछि उनी परिक्षा दिन जाने भइन् ।
तर घर पुगेर परिक्षा दिन जान नसक्ने भएपछि उनीहरुले जन्तीलाई घर पठाए अनि दुलाहा र दुलही चाँही परिक्षा केन्द्रमा पुगे । अहिले उनीहरुको भारतीय मिडियामा चर्चा भैरहेको छ ।


0 comments
Write Down Your Responses