काठमाडौको टुँडीखेलमा सोनाक्षी र मलाइकाले मे १४ मा येस्तो प्रस्तुती दिदै ....

नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका अरोरा खानले काठमाडौको टुँडीखेलमा विशेष प्रस्तुति दिने भएका छन् । आउँदो मे १४ मा सैनिक श्रीमति संघको आयोजनामा हुने कार्यक्रम ‘अमरपंक्षी’ मा सोनाक्षी र मलाइकाले प्रस्तुति दिने भएका हुन् ।मलाइका र सोनाक्षीले केही हिन्दी गीतमा नृत्य प्रस्तुत गर्ने भएका छन् भने नेपाली कलाकारले नेपाली गीतमै नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । बलिउडका चर्चित र्‍यापर आदित्य प्रतिक सिंह ‘बादशाह’ले एक महिना अघि काठमाडौको सानो गौचरनमा कन्सर्ट गरेका थिए । केही समययता नेपालमा बलिउड कलाकारको आगमन बढेको छ । च्यारीटि कार्यक्रममा नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, सुष्मा कार्की, निशा अधिकारी, मोडल सहाना बज्राचार्य र गायिका इन्दिरा जोशी लगाएतको पनि प्रस्तुती रहने भएको छ ।

0 comments

Write Down Your Responses