कपालको सौन्दर्यका लागि अण्डाको सही प्रयोग कसरी गर्ने ? थाहा पाउनुहोस ..!!
कपालमा अण्डाको प्रयोग गर्दा यसले फाइदा पुर्याउँछ भन्ने कुरा तपाई हामी सबैलाई थाहा भएको कुरा हो । अण्डा आफैमा प्रोटिनको श्रोत हुने भएकोले सेम्पु भन्दा अण्डाले कपालको सौन्दर्य राम्रो हुन्छ भन्ने कुरा बिभिन्न अनुसन्धानले समेत देखाएका छन् ।
तर अण्डाको सही प्रयोग कसरी गर्ने त भन्ने बारेमा भने हामी अन्यौलमा रहन्छौं । अण्डालाई सही किसिमले प्रयोग गर्न जाने सेम्पु या अन्य साबुन भन्दा यसले धेरै फाइदा दिन सक्छ ।
कपाल ७० प्रतिशत केराटिन नामक प्रोटिनबाट बनेको हुन्छ । हरेक अण्डामा ३.६ देखि ६.५ ग्राम प्रोटिन रहेको हुन्छ, यसमा पाइने प्रोटिनको कारणले अण्डालाई स्वस्थ कपालको लागि प्रयोग गर्न सकिन्छ ।
कपाल बृद्धिका लागि कसरी गर्ने अण्डाको प्रयोग ?
१. अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस् ।
२. यसमा एक चम्चाओलिभ (जैतुन) को तेल मिसाई राम्रोसंग चलाउनुहोस् ।
३. आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् ।
४. कपडाको प्रयोग गरी कपालमाभएको पानी हटाउनुहोस् ।
५. त्यसपछितयार गरिएको अण्डाको मिश्रण कपालमा लगाउनुहोस् र मसाज गर्नुहोस् ।
६. सावर क्याप अथवा टावेलको प्रयोग गरी १० देखि २० मिनेट कपाल छोप्नुहोस् ।
७. त्यसपछि कपाल सफापानीले धुनुहोस् । यसरी अण्डालाई प्रयोग गर्नाले तपाईंको कपाल बढ्न र बलियो, चमकदार एवं स्वस्थ राख्न मद्दत गर्छ ।
अण्डामा धेरै प्रटिन हुनेहुँदा यसको धेरै प्रयोग गर्नु राम्रो मनिदैन । महिनामा एक चनेटयिसको प्रयोग गर्नु उत्तम हुन्छ ।


0 comments
Write Down Your Responses