यौन प्यास मेट्न नपाउदा सल्यानमा एकै परिवारको ४ जनाको हत्या गर्ने २० वर्षे युवक यिनै हुन् ,कसरि सुरु भयो अनुसन्धान ?
सल्यानको छायाँक्षेत्र गाविस वडा नम्बर ९ रानागाउँकी सविता खाँणको परिवारका ४ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षे युवक संजय भारतीलाई पक्राउ गरेको छ। सल्यान प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर भारतीलाई सार्वजनिक गरेको हो।
भारतीले गत १४ गते राति छिमेकी सविता खाँण, उनका साढे २ वर्ष र ११ महिनाकी छोरीसँगै सविताकी १८ वर्षकी बहिनी गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी श्याम खत्रीले जानकारी दिए।
यौन प्यास मेट्न नपाएपछि हत्या ?
प्रहरीले कुकुरको सहयोगमा भारतीलाई पक्राउ गरेको हो । र, उनीसँग प्रारम्भीक बयान लिइसकिएको छ ।
भारतीले प्रहरीलाई दिएको बयानअनुसार उनले मंगलबार दिउँसो दाउरा चिर्ने काम सकाएपछि मादक पदार्थ सेवन गर्न गएका थिए । राति करिब ८ बजेतिर घर पुगेका उनी ओड्ने र ओछ्यान बोकेर सुत्न भन्दै बारीतिर लागे ।
मदिराले लठि्ठएका उनी यौन प्यास मेट्न गाउँ पसे । त्यही क्रममा चार जनाको हत्या गरेको पाइएको छ ।
सल्यानका डीएसपी श्याम खत्रीका अनुसार भारतीले सुरुमा करिब २० मिटर तल रहेको एक घरमा बस्ने करिब ६० वर्षीया महिलासँग जर्बजस्ती यौन सम्बध राख्ने प्रयास गरेका थिए । तर प्रतिवाद गरेपछि गाईगोठमा रहेको किलाले आक्रमण गरेर घाइते बनाए ।
त्यसपछि उनी अर्को घरमा गए, जहाँ सीता खाँडसहित ४ जना महिला-बालबालिका मात्र थिए । मदिराले मात्तिएका भारतीले सीता खाँडसँग पनि त्यस्तै व्यवहार गरे । त्यसक्रममा विवाद भयो र भारतीले किलाले आक्रमण गरेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सीताको हत्यापछि उनकी बहिनी गीता गिरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको र असफल भएपछि आक्रमण गरेको पाइएको छ । उनले आक्रमणपछि पनि गीतासँग यौनसम्बन्ध राख्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले दुईजनाको हत्यापछि साढे दुई वर्षषा छोरी पवित्रा र ११ महिनाकी सविता खाँडको पनि हत्या गरेका थिए । सुरुमा २ वर्षीया पवित्राले चिन्न सक्ने भन्दै आक्रमण गर्दा ११ महिनाकी सविताको ज्यान गएको र त्यसपछि पवित्राको पनि हत्या गरेको पाइएको छ ।
सल्यानका डिएसपी खत्रीले भने, ‘यौन उत्तेजनाले घटना भएको देखिन्छ । अभियुक्त पक्राउ परिसकेका छन् । कानुन अनुसार कार्वाही हुन्छ ।’
भुन्टी नाम प्रहरीको कुकुरले पत्ता समात्यो भारतीलाई
घटना भएको स्थान एकान्त छ। धेरै घरहरु छैनन्। बिहान ८ बजे मात्र स्थानीयले सो घरमा ४ जनाको हत्या भएको थाहा पाए। त्यसपछि १० बजे प्रहरी पुग्यो। तर हत्यारा पत्ता लगाउन सकिरहेको थिएन। प्रहरीले भारतीलाई शंका गर्यो। तर समात्न यथेष्ट प्रमाण पुगिरहेको थिएन। उनले कपडा पनि राति धोएर सुकाएका थिए।चप्पलमा पनि रगत देखिन्थ्यो। प्रहरीले उनीमाथि निगरानी गरिररहेको थियो। उक्त घटनाको थप अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट भुन्टी नामको कुकुर समेत ल्याई घटनास्थलबाट अपराधि भागेको बाटो ट्रयाक पहिचान गर्न प्रहरीलाई सजिलो भयो।
त्यसपछि भुन्टीले मासमा रहेका ५ सय जतिको भीडमा उभिएर घटनास्थल नियालिरहेका भारतीको हात टोक्दै प्रहरीलाई समात्न निर्देशन दियो। खाँडका श्रीमान भारतमा काम गर्छन्।
मदिरा र सेक्सका कारण भारतीले अावेगमा अाएर ४ जनाको हत्या गर्न पुगेको डिएसपी खत्रीले बताए।

0 comments
Write Down Your Responses