कपिल शर्माको नयाँ शो शुरु भएसँगै बन्द हुने !
एजेन्सी, बैशाख १६ । चर्चित कमेडियन कपिल शर्मा लामो समयको अन्तराल पछि नयाँ शो ‘द कपिल शर्मा’ शो लिएर आएका छन् । सोनी टेलिभिजनबाट आउने यो शोको अहिले सम्म दुइवटा एपिसोडमात्रै प्रसारण भएका छन् ।
तर यो शो पनि छिट्टै बन्द हुने खवर अहिले चर्चामा छ । यो कुराको स्वयं कपिलले नै पुष्टि गरेका हुन् । भारतीय मिडियामा आइरहेको समाचारका अनुसार यो शो मात्रै २६ एपिसोडको हुनेछ । एक हप्तामा दुइवटा एपिसोड आउने हिसाबले यो शो अब मात्र १२ हप्ता प्रसारण हुनेछ ।
एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै कपिलले यो कुराको जानकारी दिएका हुन् । ‘२६ एपिसोडपछि हामिले फेरी ब्रेक लिनेछौ’ कपिलले भने, ‘ब्रेकपछिको नयाँ सिजनको बारेमा अहिले नै भन्न सक्ने अवस्था छैन ।’


0 comments
Write Down Your Responses