खानेकुरा मगाउँदा ‘कन्डोम’ आउने यो रेष्टुरेन्ट ....

जमशेदपुर । भारतको झारखन्ड राज्यको जमशेदपुरकी एक महिलालाई खानेकुरामा रेष्टुरेन्टले कन्डम पठाएको रहस्य खुलेको छ । टाटा स्टिल कम्पनीमा काम गर्ने ती महिलाले अनलाइनमार्फत पनीर चिली अडर गरेकी थिइन् । अडरको पनीर चिलीको प्याकिङ डिब्बा खोलेर खाने बेला कन्डोम फेला परेको समाचारमा उल्लेख छ । ती महिलाले ‘लञ्च ग्रेवीकार्ट डटकम’मार्फत खानेकुरा अडर गरेकी थिइन् । रेस्टुरेंटले डोसा हटमार्फत महिलालाई चिली पनीर पठाइएको थियो । ती महिलाले चिली पनीरको डिब्बा खोल्नेवित्तिकै म्याकेटभित्र कन्डोम देख्दा आफू हैरान भएको बताएकी छिन् । यस्तो देखेपछि ती महिलाले प्याकेटलाई फिर्ता लैजाने डेलिभरी ब्वायलाई आग्रह गरेकि थिइन् । तर, ती डेलिभरी ब्वायले प्याकेट लैजान नमानेको जनाइएको छ । रेस्टुरेंट मालिकले खानाको म्याकेटभित्र कन्डोम भेटिएको भन्ने विषय षड्यन्त्र रहेको दाबी गरेका छन् । महिलाले चिली पनीर आधा खाएकी थिइन् । घटनापछि रेस्टुरेन्ट मालिकले ती डेलिभरी ब्वायलाई जागिरबाट हटाइदिएका छन् । – एजेन्सी

0 comments

Write Down Your Responses