पसिनाले निम्त्याउने दुर्गन्धलाई यसरी टाढा गर्नुहोस्…
गर्मी मौसममा के तपाईँको काखीलगायत अन्य अङ्गमा अत्याधिक पसिना आएर दुर्गन्धित हुन्छ? सामान्य विधि अपनाएर पनि तपाईँले आफ्नो समस्यालाई पर राख्न सक्नुहुन्छ। हुन त काखीमा दुर्गन्ध आउन नदिने एउटै उपाय भनेको त्यसलाई सकेसम्म सुक्खा राख्ने नै हो। तर गर्मीको बेलामा पसिना त आइहाल्छ, पसिनासँगै ब्याक्टेरिया पनि शरीरबाट बाहिर निस्किन्छ, जसले गर्दा नै दुर्गन्ध फैलाउँदछ।नत्र वास्तवमा हाम्रो पसिनाको कुनै गन्ध हुँदैन, गन्हाउने त ब्याक्टेरिया हो।
त्यसैले यस्ता खराब ब्याक्टेरियाहरूलाई आउबच्ने उपायहरू–
१. साधारण सरसफाइ– शरीरबाट पसिनासँगै खराब र दुर्गन्ध निम्त्याउने ब्याक्टेरियाहरू पनि बाहिर निस्किन्छन्, जसलाई नियमित सफा गरिराख्नुपर्दछ। त्यसैले गर्मीको बेलामा सकेसम्म दिनको २ पटक नुहाउनुपर्दछ, नसके कम्तीमा पनि शरीरको सबैभन्दा धेरै पसिना आउने अङ्गलाई सफा गर्नुपर्दछ।
२. लुगाको छनौट– हामीले लगाउने लुगाले पनि पसिनाको मात्रा र दुर्गन्धमा फरक पार्दछ। कालो रङ्गको सिन्थेटिक लुगाले घामको कीरणलाई परावर्तन गर्न सक्दैन र आफैले सोसेर राख्दछ। जसको कारण लुगा भित्रको शरीरको तापक्रम बढ्न थाल्दछ र पसिना आउँदछ। त्यसैले गर्मी मौसममा सेतो रङ्गको कटन तथा सिल्कको लुगा लगाउनु पर्दछ। यस्तो कपडासँग ओसिलो सोस्न सक्ने क्षमता हुन्छ र छालामा हावाको आवतजावत गराउन मद्दत गर्दछ।
३. स्वस्थ खानेबानी– हाम्रो छालामा हुने पसिनाग्रन्थीलाई क्याफीन (कफी, चकलेट) ले सक्रिय गराउँदछ। त्यसैले गर्मीको बेलामा कफी, चकलेट, पिरो खानेकुरा, रक्सी, चिल्लो, गुलीयो तथा धुम्रपानको सेवन कम गर्नाले शरीरको दुर्गन्धमा पनि कमी हुँदै जान्छ।
४. पर्फ्यूम– पसिना आएर दुर्गन्ध निस्कियो भन्दैमा नानाथरीका रोलर, बडी स्प्रेको प्रयोग गर्नु उचित हुँदैन। किनभने यसले हाम्रो छालामा हुने स-साना पसिनाका प्वालहरूमा असर गर्दछ र पसिनाको उत्पादनमा रोक ल्याउँदछ, जुन एकदमै खतरनाक कुरा हो। हो, पसिना नआएपछि दुर्गन्ध पनि आउँदैन, तर शरीरभित्र भएका सबै विकारहरूलाई बाहिर फाल्ने माध्यम पसिना पनि हो, जुन पिसाब तथा अन्य बाटो भएर जान सक्दैन। त्यसैले सकभर पर्फ्यूम नलगाउँदा नै सबैभन्दा उचित हुन्छ।
घरेलु रोकथामका उपायहरू
५. कागती– दुर्गन्ध ल्याउने ब्याक्टेरियालाई हटाउने एउटा अचुक उपाय भनेको कागती हो। दिउँसो घाममा बाहिर निस्कने बेलामा कागती काटेर धेरै पसिना आउने ठाउँमा लगाउनुहोस् र एकछिन सुकेपछि पानीले पखाल्नुहोस्। यसो गर्दा पसिना नआउने हुँदैन, तर पसिनामा आउने ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ र दुर्गन्ध आउनबाट बचाउँदछ।
६. तुलसी र नीम– ब्याक्टेरियासँग लड्न सक्ने क्षमता तुलसी र नीमसँग पनि हुन्छ, जुन हाम्रो वरिपरी नै पाइन्छ। नुहाउनुभन्दा अगाडि तुलसी र नीमको पातलाई पिसेर पसिना आउने ठाउँमा त्यसले लेप्नुहोस् र केहि मिनेटसम्म छोड्दिनुहोस्। सुकेपछि नुहाउनुहोस्। करीब २ हप्तासम्म यसो गर्नाले नतिजा आफै देख्न सक्नुहुनेछ। नेपाली हेडलाइन बाट ।


0 comments
Write Down Your Responses