देउवाले श्रीमती दिल्लीमै छाडे ! काठमाडौं उड्नै लाग्दा लेखे यस्तो स्टाटस

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदैछन् । श्रीमती आरजु राणा देउवाको उपचारका लागि एक हप्ताअघि भारतको राजधानी नयाँदिल्ली गएका देउवा उनलाई नै छाडेर स्वदेश फर्किन लागेका हुन् । आरजु अहिले पनि अस्पतालमै छिन् । उनलाई अस्पतालमै छाडेर देउवा एक्लै काठमाडौं आउन लागेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । उनका अनुसार देउवा अपरान्ह साढे तीन बजे जेट एयरलाइन्सको विमानमार्फत स्वदेश फर्कदैछन् । पत्नी आरजुको उपचारका लागि भन्दै देउवा गत वैशाख ६ गते भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए । देउवा पत्नी आरजुको हरियाणास्थित फोट्जि अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरिएको छ । आरजु भने फलोअपका लागि अझै तीनसाता दिल्लीमै बस्नुपर्ने भएपछि देउवा उनलाई त्यही छाडेर एक्लै घर फर्किन लागेका हुन् । दिल्ली जानुअघि कुनै राजनीतिक भेटघाट नगर्ने बताएका देउवाले भारतमा रहँदा भारतीय विदेशमन्त्री शुष्मा स्वराज, गुप्तचर निकायका प्रमुख र अन्य चर्चित व्यक्तित्वहरुसँग भेटवार्ता गरेका थिए । जसमा विदेशमन्त्रीबाहेक अन्य भेटघाट खुलाइएको छैन् । फर्किनुअघि फेसबुक स्टाटसः पत्नी आरजु राणा देउवाको उपचारका लागि नयाँ दिल्ली गएका देउवाले फेसबुकबाट आफू नेपाल फर्किन लागेको जानकारी दिएका छन् । देउवाले पत्नी आरजुको भारतको हरियाणास्थित फोट्जि अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरिएको जानकारी दिँदै आज नेपाल फर्किने जानकारी दिएका हुन् । श्रीमती आरजुलाई दिल्लीमै छाडेर एक्लै किन फर्किए ? प्रमुख प्रतिपक्षी दलको नेता भारतमा धेरै समय बस्दा देशमा नकारात्मक म्यासेज जाने भन्दै देउवा एक हप्ता बसेर दिल्लीबाट स्वदेश फर्किन लागेका हुन् । उपचाररत आरजुका लागि तीन हप्ताका अझै दिल्लीमा बस्नुपर्ने भएपनि दिल्ली गएर सरकार परिवर्तनको लविङ गर्यो भन्ने चर्चाहरु र हल्लाहरु काठमाडौंमा हुन थालेपछि देउवा आरजुलाई दिल्लीमै छाडेर नेपाल आउन लागेका हुन् । काँग्रेसको सभापति र संसदीय दलको नेतामा देउवा निर्वाचित भएर प्रधानमन्त्रीको उम्मेदवार बन्न आवश्यक सबै शर्त पुरा भएपछि उनी भारत प्रस्थान गरेकाले सरकार परिवर्तनको लविङ दिल्लीसँग गरेको आशंकाहरु व्यक्त भइरहेका छन् ।Deuwa-Delhi-status

0 comments

Write Down Your Responses