Entertainment
»
प्रियंकालाई ओबामाले ह्वाइटहाउस बोलाउनुको रहस्य यस्तो पो !
प्रियंकालाई ओबामाले ह्वाइटहाउस बोलाउनुको रहस्य यस्तो पो !

एजेन्सी। ओबामाकै निमन्त्रणामा डिनरमा जाने सम्भवतः पहिलो बलिउड अभिनेत्री प्रियंका यही शनिबार साँझ ह्वाइटहाउसमा ओबामा दम्पतीका साथमा खाना खाँदैछिन्। अप्रिल ३० तारिखमा अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउसमा आयोजना हुने करेस्पोन्डेन्ट डिनरमा उनको सहभागिता हुने भएको हो।
चर्चित अमेरिकी टेलिभिजन सो ‘क्वान्टिको’ मा एफबीआई एजेन्ट एलेक्स पेरिसको भूमिका अभिनय गरेर चर्चा कमाएकी प्रियंकाको डिनरमा सहभागिता निश्चित थिएन । उनले कार्यव्यस्तताको कारण डिनरमा सहभागी हुने सम्भावना कम रहेको बताएकी थिइन्।
ट्विटरमा यसबारेमा उनलाई प्रश्न सोधिएपछि उनले बुधबार आफू सहभागी हुने पक्का रहेको जनाएकी हुन्। अमेरिकी राष्ट्रपति भवनका गतिविधिको नियमित समाचार संकलन गर्ने पत्रकारहरूको गैरनाफामूलक संस्था ह्वाइटहाउस करेस्पन्डेन्ट एसोसिएसनले आयोजना गरेको डिनर कार्यक्रममा प्रियंकाको सहभागिता हुने भएको हो।
यो कार्यक्रम पत्रकारिताका विद्यार्थीलाई छात्रवृत्ति जुटाउने उद्देश्यले आयोजना गरिन्छ।मिस वर्ल्ड ताज पहिरिन सफल ३३ वर्षीय अभिनेत्री विल स्मिथ, जाडा पिनकेट स्मिथ, केरी वासिंगटन, सोडा राइम्स, किम कार्द्सियनकी बहिनी मोडल केन्डल जेनरलगायतका हलिउड हस्तीहरूसँगै डिनरमा सहभागी हुन लागेकी हुन्।
प्रियंकाले अमेरिकामा पनि प्रशस्त फ्यान बटुल्न सफल भएकै कारण उनलाई ओबामाले निम्ता गरेका थिए। प्रियंका यस वर्षको ओस्कार अवार्डको रेड कार्पेटमा आफ्नो पहिरनबाट चर्चा बटुल्न सफल भएकी थिइन् । उनले ओस्कार विजेतालाई अवार्ड हस्तान्तरण गर्ने अवसरसमेत पाएकी थिइन्।
0 comments
Write Down Your Responses