यी युवतीले विवाह अगाडि नै सेक्स गरेपछि…
लन्डन, १९ वैशाख । विवाहभन्दा पहिला सेक्स गर्ने विषयमा एक पाकिस्तानी महिलाले लेखेको लेखले सोशल मिडियामा नयाँ बहस सुरू भएको छ ।
जेहरा हैदरको ‘वाइस’ पत्रिकामा प्रकाशित ‘पाकिस्तानमा विवाह अघिको सेक्सबाट मैले के सिके’ भन्ने शीर्षकको लेखले पाकिस्तानमा बिबाद उत्पन्न भएको हो ।
आफ्नो १९औँ जन्मदिनभन्दा केही अगाडि टोरन्टोमा बस्दै आएकी हैदरले पाकिस्तानमा विवाह पूर्वको सेक्स अनुभवका विषयमा बताएकी छिन् । विवाह अगाडि आफूले गरेको सेक्सका विषयमा घरपरिवारमा थाहा भएपछि बाबुआमाको कडा प्रतिक्रिया आएको उनले बताएकी छिन् ।
हैदरले लेखेकी छिन्, ‘मैले सेक्स गरेको थाहा हुनेवित्तिकै बाबुआमाले एकदमै नाटकीय र तर्कहीन तरिकाले विवाह अगाडिको सेक्स गर्नु हुँदैन भन्ने प्रतिक्रिया आयो ।’ उनले पाकिस्तानमा सेक्स प्रतिबन्धित विषय रहेको पनि बताएकी छिन् ।
पाकिस्तानमा पुरुषहरूले महिलालाई दबाएर राखेका हुन्छन् भन्ने उनको भनाइ छ । हैदरले विवाह अगाडि पुरुषले गर्ने सेक्सका विषयमा समाज मौन रहेको बताएकी छिन् । तर, मध्यम वा गरिव परिवारकी युवतीले विवाह अगाडि सेक्स गरेको थाहा पाइएमा कडा कारबाही हुन्छ ।
पाकिस्तानमा युवतीले आफू ‘भर्जिन’ रहेको प्रमाणसमेत दिनुपर्ने प्रावधान रहेको हैदरीले आफ्नो लेखमा उल्लेख गरेकी छिन् ।


0 comments
Write Down Your Responses