ओम अस्पतालको फेरी अर्को गल्ति, मृत भनिएकी गर्भवतीको ‘नर्मल डेलिभरी’

काठमाडौं, वैशाख १६ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले अस्पतालको लापरबाहीले मृत्यु भएको भनिएकी गर्भवती सावित्री श्रेष्ठको परिवारलाई १५ लाख रुपैयाँ दिने भएको छ । अस्पतालको लापरबाहीबाट आफन्तको मृत्यु भएको भन्दै श्रेष्ठका परिवारले आन्दोलन गरेका थिए । अस्पताल घेराउ लगायतका कार्यक्रम गरेपछि मंगलवार राति अस्पताल व्यवस्थापक र आफन्तबिच यस्तो सहमति भएको हो । आफन्तका तर्फबाट अस्पताल व्यवस्थापकसँग वार्ता गरिरहेको टोलीका एक सरोज थापाका अनुसार दिवंगत श्रेष्ठकी छोरीको पढाइ खर्चका लागि उक्त रकम अस्पतालले तिर्ने प्रतिवद्धता व्यक्त गरेको हो । उक्त रकम तिर्ने र श्रेष्ठको उपचार खर्च समेत नलिने सहमतिपत्रमा हस्ताक्षर भइसकेको थापाले बताए । ‘पत्र बिरामीलाई भेन्टिलेटरबाट निकालेपछि मात्रै पाउने गरी यस्तो सहमति भएको हो,’ थापाले भने । अस्पताल तनावग्रस्त भएपछि नेपाली काँग्रेसका नेता गगन थापा समेत मंगलवार साँझ सहजीकरणका लागि पुगेका थिए ।मृत्यु भइसकेको ठहर्याएर क्षतिपूर्ति दिने प्रतिबद्धता गरिसकेपछि ओम हस्पिटलले गर्भवती श्रेष्ठको ‘नर्मल डेलिभरी’ भएको सूचना आफन्तलाई दिएको छ ।
 बिहान ५ बजे अस्पतालकी नर्सले पीडित परिवारलाई फोन सम्पर्क गरी बच्चा जन्मिएको जानकारी दिएकी हुन् । बिरामी श्रेष्ठका जेठाजु राज श्रेष्ठले भने, “बच्चा हेर्दा सामान्य छ, कपाल समेत उम्रिएको छ । छोरा रहेछ । तर बच्चा भने मृत जन्मिएको रहेछ ।हस्पिटलले बिरामीको ज्यान जोगाउन नसकेको भनेपछि आफन्त आन्दोलित भएका थिए । फेरि नर्मल डेलिभरी भएको बताउँदै बिरामी जिवित हुनसक्ने संभावना अस्पतालले देखाएको देवर राजु श्रेष्ठले बताए । अस्पतालले ‘नर्मल डेलिभरी’ भएको बताएपछि ‘अस्पतालले प्रमाण लुकाउन कुनै चलाखी गरेको’ आशंका आफन्तले गरेका छन् । अस्पतालको सल्लाह अनुसार थप केही केही दिन भेन्टिलेटरमा राख्न आफन्त राजी भएका छन् । अस्पतालका संचालक डा। भोला रिजालले उक्त रकमलाई क्षतिपूर्ति भन्दा पनि सदाशयता बताएका छन् । आफन्तको तर्फबाट वार्तामा रहेकाहरुलाई बच्चाको भविष्यका लागि सदासयता ब्यक्त बताउँदै क्षतिपूर्ति नभििनदिन आग्रह गरेका हुन्े वार्ता टोलीकै सदस्य रमेश तुफानले बताए । स्वास्थ्यखबरमा समाचार छ ।

0 comments

Write Down Your Responses