शाहरुख सलमान र आमिर खानलाई एकैसाथ ल्याउँदै प्रधानमन्त्री मोदी
एजेन्सी, बैशाख १६ । बलिउडका तीन खान शाहरुख सलमान र आमिर । यि तीनैजनाबीच व्यवसायिक प्रतिष्पर्धा त छदैछ आपसी सम्बन्ध पनि खासै राम्रो छैन । कुनै समय शाहरुख र सलमान नजिकका मित्र छँदा आमिर एक्ला थिए । बीचमा सलमान र आमिरको सम्बन्ध राम्रो हुँदा शाहरुख एक्लिए ।
सार्वजनिक रुपमै एकअर्काको खिचातानी गर्ने यि तीनखानलाई कमैमात्र एकै स्टेजमा देख्न पाइन्छ । पछिल्लो पटक गतवर्ष आप की अदालत कार्यक्रमको विशेष शोमा उनीहरु एकैसाथ देखिएका थिए । अब फेरि यि तीनजना एकैसाथ एकै मञ्चमा देखिने भएका छन् । यसपाली उनीहरुलाई एकैसाथ ल्याउने पहल गरेका हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ।
आफ्नो नेतृत्वको सरकारको दुइवर्ष पुराभएको अवसरमा दिल्ली गेटमा आयोजना गर्न लागिएको विशेष कार्यक्रममा तीनैखानलाई मोदीले निम्ता गरेका थिए । तीनैजना खानले निम्ता स्विकार गर्दै उपस्थित हुने जानकारी दिइसकेका छन् ।
मोदीसरकारको यो कार्यक्रमको नाम ‘जरा मुस्कुरा दो’ राखिएको छ । ८० हजार बढीको माझमा गर्न लागिएको कार्यक्रमको शुरुआत अमिताभ वच्चनले गर्नेछन् । जहाँ शाहरुख सलमान र आमिरलाई एकैसाथ मञ्चमा बोलाइनेछ ।


0 comments
Write Down Your Responses