प्रियंका चोपडा ह्वाईट हाउसको डिनरमा सहभागी हुदै

नायिका प्रियंका चोपडाले यो साता ह्वाईट हाउसको करेसपोण्डेन्टस् डिनर(रात्री भोज)मा सहभागी हुने पुष्टि गरेकी छिन् ।मिस वल्र्ड रहेकी ३३ वर्षिय चोपडाले ट्विटरमा उक्त कुरा खुलाएकी हुन् । ट्विटर च्याटमा एक प्रसंसकको जवाफ दिदै उनले लेखेकी छिन्“हो मैले सहभागीता जानाउँदै छु ।” उक्त ह्वाईट हाउसको बार्षिक डिनरमा केरी वासिङटन,विल स्मीथ,जाडा पिन्केट स्मीथ,शडा राईम्स,किम कार्देसियन लगाएतका अन्य मोडल तथा नाम चलेका कलाकारहरुका साथै बिशेष ब्याक्तित्वहरुले उपस्थीती जनाउने भएका छन् ।

0 comments

Write Down Your Responses