मुम्बईमा दुई नेपालीको लिङ्ग काटेर हत्या, लिङ्गसहित पाँच जना पक्राउ
’
राजुका साला नरेश सुनारका अनुसार दुवै जनालाई शरीरको सबै ठाउमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । मरुल पाडास्थित राधा कृष्ण मैदानमा राजु र मदनको लिङ्ग समेत काटेर फालिएको अबस्थामा बिहीबार बिहान ८ बजे उनीहरूको शव फेला परेको नरेश सुनुवारले बताए ।
उल्लाहस नगरमा काम गर्दै आएका कमल सुजीले राजु र मदनको हत्या गरेको भारतीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । राजुका साला नरेश सुनारले भने, ‘सामान्य रुपमा मदनको बिल्डिंगमा रहेकी एक महिलासंग बिबाद भएको र सोही बिबादका कारण उनीहरू दुबैको हत्या भएको हो ।’
दुई नेपालीको हत्या अभियोगमा स्थानीय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । हत्यामा प्रयोग भएको चक्कु, मोटरसाइकल र मृतकको लिङ्गसहित पाँच जनालाई कल्याण तालुक टिटवाला पोलिस ठानेका असिस्टेन्ट पुलिस इनिस्पेक्टर नागरेले बताएका छन् ।
नागरेका अनुसार पक्राउ परेका अभियुक्तहरूले मदिरा सेवन गर्न मृतक राजु र मदनसँग पैसा मागेको तर उनीहरूले नदिएपछि बिबाद भइ हत्या गरेको बताएका छन् ।
2हत्या आरोपमा पक्राउ पर्नेहरूमा स्थानीय अनिल मेघदास पेट्निया, हरदीप सिंह, त्रिलोक सिंह गिल, राम अनिल डेम्वानी, बिशाल सिंह र सोनु सिंह रहेका छन् ।
एकता मञ्चका केन्द्रीय सह–कोषाध्यक्ष मोहन देवकरले आफूहरू हत्याको दोषीलाई कारबाही र पीडित परिवारलाई राहत उपलब्ध गराउनका लागि पहल गरिरहेको बताए ।
महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका अध्यक्ष कटक शाहीले सबै नेपालीहरूले भारतमा सचेत रहेर बस्नु पर्ने बताए । उनले महाराष्ट्रमा भएको दुई नेपालीको हत्याले नेपालीहरूलाई स्तब्ध तुल्याएको उनको भनाइ छ ।
दुई नेपाली युवाको हत्या भएपछि नेपाल दलित पार्टीका महराष्ट्रा इञ्चार्ज लालसिंह देवकार, हरिओम नेपाली एकता समाजका अध्यक्ष नैनसिंह दासलगायतले बिरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
हत्या भएका राजु र मदनको शवको उल्लासनगरस्थित सेन्टर अस्पतालमा पोस्टमार्टम समेत भैसकेको छ । उनीहरूको शुक्रबार बिहान अन्तिम दाहसंस्कार गरिने राकेश नागार्जीले बताएका छन् ।

0 comments
Write Down Your Responses