Sports
»
बुवासँगै अदालतमा पुगेका मेस्सीले यसो भने [भिडियो]
बुवासँगै अदालतमा पुगेका मेस्सीले यसो भने [भिडियो]
अर्जेन्टिना तथा बार्सिलोना चर्चीत खेलाडी लियोनल मेस्सीले कर छली गरेको आरोपमा स्पेनिस अदालतमा मुद्धा खेपि रहेका छन् । जुन २ मा अदालतमा मेस्सी र उनका पिता हाजिर भए । स्पेनिस लिग भर्खरै सकिएर पनि आराम गर्न नपाएका मेस्सीको अदालत उपस्थिति निकै व्यस्थताकाबिच थियो । उनलाई कोपा अमेरिका कपको तयारीका लागि अर्जेन्टिना फर्किहाल्नुपर्ने थियो । उनी र उनका पितालाई सन् २००७ देखि २००९ सम्म कर छली गरेको आरोप लागेको थियो । मेस्सीले आफु बारम्बार निर्दोष भएको बताउँदै आइरहेका छन् । उनले कागजपत्र कहिले नपढेको र सधै फुटबल खेल्नमात्र ध्यान बनाएको उनले अदालतमा भने । उनले कुनै गलत काम नगरेको र निर्दोष रहेको अदालत समक्ष बताएका छन् ।
0 comments
Write Down Your Responses