म्यारोडोना भन्छन्–मेसी राम्रा खेलाडी हुन्, तर व्यक्तित्व छैन
अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा खेलाडी डिएगो म्यारोडोनाले स्टार खेलाडी लियोनल मेसीसँग टोलीको नेतृत्व गर्ने खालको चरित्र नभएको वताएका छन्।
फ्रान्सको पेरिसमा बिहीबार आयोजित एक कार्यक्रमका दौरानमा ब्राजिलीियन महान फुटबलर पेलेसँग बार्सिलोनाका स्टार खेलाडी मेसीका विषयमा भएको कुराकानीमा म्यारोडोनाले मेसीसँग टोलीको नेतृत्व गर्ने खालको चरित्र नभएको बताएका हुन्।
म्यारोडोनाले भने,‘मेसी एक असल खेलाडी हो, तर उसँग व्यक्तित्व छैन र ऊसँग नेतृत्व गर्ने चरित्रको कमी छ।’
म्यारोडोनाको कुरामा सहमति जनाउँदै पेलेले आफूहरुका पालाका जस्ता उत्कृष्ट खेलाडी अहिले नरहेको र त्यसबेलाका खेलाडीजस्ता उत्कष्ट नरहेको बताए। पेलेले भनेका छन्,‘मेसी हाम्रा पालका जस्तो उत्कृष्ट छैनन्। ७० को दशकमा ब्राजिलसँग रिवेलिन्नोे, गेर्सन, ओस्टो जस्ता राम्रा खेलाडी थिए।’
‘अर्जेन्टिना मेसीमा मात्रै निभएर छैन, यो कुरा होइन। मेसी राम्रो खेलाडी हुन् यसमा विवाद छैन तर उसँग व्यक्तित्वको कमी छ,’ म्यारोडोनाले भने।
क्लबमा राम्रो खेल्ने मेसीको राष्ट्रिय टिमप्रतिको प्रतिबद्धतालाई लिएर धेरैपटक प्रश्न उठेको छ।
मेसीले अर्जेन्टिना कोपा अमेरिकामा दुई पटक र विश्वकपमा एक पटक फाइनल पुग्दा पनि उपाधि जित्न भने सकेका छैनन्। सन् २००८ को ओलम्पिकमा स्वर्ण पदक नै मेसीले राष्ट्रिय टिमबाट पाएको सबैभन्दा ठूलो उपाधि हो।

0 comments
Write Down Your Responses