यस्तो छ प्रधानमन्त्री ओलीको अर्को नयाँ घोषणा ...!!

काठमाडौं, जेठ १९ । प्रधानमन्त्री केपी ओलीले एक वर्षभित्र सुकुम्बासीको समस्या समाधान गर्ने घोषणा गरेका छन् । सरकारी निवाश बालुवाटारमा राष्ट्रिय भूमि अधिकार मञ्चको प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्र भूमिहीन सुकुम्वासी, हरुवा चरुवा र आवास विहिनका समस्या समाधान गर्ने बताएका हुन् । भेटमा प्रधानमन्त्री ओलीले यस सम्बन्धमा तत्काल अध्ययन थाल्न सल्लाहकार विष्णु रिमाललाई आग्रह गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले बजेट कार्यन्वयन हुन सके देशले दश वर्षमा फड्को मार्ने बताउँदै बजेट कार्यान्वयनका लागि सुकुम्वासी तथा भूमिहीन लगायतका सम्पूर्ण जनताले सहयोगका लागि अपिल गरेका थिए । मञ्चले नेपालमा आठ लाख ६१ हजार तीन सय १७ जनाले सुकुम्बासी दाबी गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो ।

0 comments

Write Down Your Responses