भर्खरै रात्री क्लबमा गोली चल्दा २० को मृत्यु...४० भन्दा बढी घाइते !
अमेरिका । फ्लोरिडाको एक समलिङ्गी रात्री क्लबमा भएको गोलीबारीमा कम्तिमा पनि २० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
ओर्नाल्डो प्रहरीका अनुसार घटनाको तीन घण्टापछि प्रहरी घटनास्थल पुगेर बन्धुकधारीलाई गोली प्रहार गरेका थिए ।
प्रहरीले यसलाई आतंकवादको संज्ञा दिएको छ । तर आन्तिरिक या वाह्य आतंकवाद केका कारण घटना भयो भन्ने पुष्टि हुन सकेको छैन ।
आफ्ना आफन्त घटनामा परेको हुन सक्ने आशंकाका साथ सयौं सर्वसाधरण घटनास्थल र नजिकैका अस्पतालमा जम्मा भएका छन् ।
ओर्नाल्डो प्रहरीका अनुसार मध्यराती २ बजेदेखी गोलाबारी सुरु भएको थियो ।
प्रहरीले घटनामा संलग्न ब्यक्ति इस्लामिक मान्यतामा विश्वास राख्ने देखिएको बताएको छ ।
उक्त क्लबमा १०० भन्दा बढी मानिस उपस्थित रहेको बताइएको छ ।


0 comments
Write Down Your Responses