रसुवागढी नाकाबाट सुन तस्करी सुरु, ६ किलो सुन सहित एक पक्राउ
पक्राउ पर्नेमा टिमुरे–५ का २६ वर्षीय काङकाङ भनिने तेन्जिङ तामाङ रहेका छन् । उनको साथबाट बरामद गरिएको सुनको मूल्य करिब रु दुई करोड ८२ लाख भएको अनुमान गरिएको छ ।
सुनसहित पक्राउ परेका तामाङलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ । सुन तस्करको प्रकरण भएकाले त्यसको मुद्दा राजस्व अनुसन्धान विभागले हेर्ने प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए ।
प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी राजस्व विभागमा बुझाउने तयारी गरिरहेको बताइएको छ ।

0 comments
Write Down Your Responses