म्यानमारमा अविरल वर्षा जारी, बाह्रको मृत्यु केही घरबारबिहीन
याङ्गोन । म्यानमारको पश्चिमी राज्य राखिनमा तीन दिनसम्म लगातार परेको अविरल बर्षाबाट १२ व्यक्तिको मृत्यु भएको छ । वर्षा अहिले पनि जारी रहेको बताइएको छ ।
यस वर्षाका कारण आएको बाढीका कारण केही व्यक्ति घरबारबिहीन पनि भएको बताइएको छ । स्थानीय सञ्चार माध्यमले सोमबार सो जानकारी दिएको छ ।
उत्तरपश्चिमी सगैङ्ग क्षेत्रका सो प्रकोपबाट चार महिला र एक बालकसहित १२ जनाको मृत्यु भएको छ । गत जुन ९ बाट म्यानमारका सुरु भएको भारी बर्षाको कारण म्यानमारको कयौँ भागमा ठूलो बाढीले सताएको बताइएको छ ।
गत अप्रिल र मे महिनामा आएको आँधीवेहरीमा परी म्यानमारमा ३९ व्यक्तिको मृत्यु भएको थियो । भारी बर्षा जारी नै रहेको हुनाले यस बर्ष भीषण रुपमा बाढी आएको बताइएको छ । रासस

0 comments
Write Down Your Responses