National
»
मेडियामा र सामाजिक संजालमा करिस्माको चौतर्फी आलोचना भए पछि करिस्माले फेसबुकमा कडा जवाफ दिइन
मेडियामा र सामाजिक संजालमा करिस्माको चौतर्फी आलोचना भए पछि करिस्माले फेसबुकमा कडा जवाफ दिइन
काठमाडौं जेठ ३१ | विभिन्न कारणले करिस्मा मानन्धरको चर्चा भइ नै रहन्छ । तर हिजोको नयाँ शक्तिको पार्टी घोषणामा भने उनको चर्चा फरक किसिमले भयो । कार्यक्रमको उद्घोषणको जिम्मा लिएर आएकी उनी राम्री देखिएकी थिइन् । तर उनको प्रस्तुतीले भने उनको सुन्दरता केहि फिक्का जस्तो देखियो । उनले पटक पटक गल्तिहरु गरिरहिन् ।अतिथिको नाम नै गलत भन्दिएर तथा औपचारिक कार्यक्रममा उनको अनौपचारिक गतिबिधी गरेर असन्तुलित बनाइदिइरहिन् । राजनीतिमा नयाँ प्रवेश गरेकी उनको यो कमजोरी सायद सामान्य नै थियो । असामान्य त त्यो बेला भयो, जब उनले सकिनसकी अंग्रेजीमा कार्यक्रम चलाउँन थालिन् । उनले टुटेफुटेको अंग्रेजी बोलिरहदा बरु नेपालीमा कार्यक्रम चलाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अझ जापानबाट आएको शुभकामना सन्देश वाचन गर्दा त उनको हालत खराब देखियो । उनले धेरै शब्द उच्चारण गर्नै सकिनन् र पटक पटक माफी मागिन् ।
उनको कमजोरीलाई सामाजिक सञ्जालमा खुबै उडाइयो । सुरुमा आफ्नो कमजोरी स्विकारेकी उनले आवश्यक तयारी गर्न नपाएकाले गल्ति भएको अन्तर्वार्ता दिएकी थिइन् । तर समय बित्दै जाँदा उनलाई के लागेछ कुन्नी, फेसबुकमा यस्तो स्टाटस पोस्ट गरिछन् – मान्छेले मेरो बारेमा के भनछन् भन्ने म वास्ता गर्दिनँ ।उनको स्टाटस हेरे पछि भन्नै पर्ने हुन्छ कि अब उनी नेतृ बन्दैछिन्, उनले मान्छेहरुले कस्तो टिप्पणी गर्दैछन् भन्ने वास्ता गर्नै पर्छ । नत्र मान्छेकै वास्ता नगरि कसरी नेतृ भइन्छ त करिस्माजी ?
I don't care what people say's about me personally .naya sakti is on the floor and l am really happy for this .NAYA SAKTY power for the people and power for nation 🌹🌹🌹🌹🌹
0 comments
Write Down Your Responses